काँग्रेसद्वारा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन

काँग्रेसद्वारा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ पार्टीका पुराना नेता कार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ । जसमा कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी छन् । सभापति शेरबहादुर देउवाले बुधबार उनीहरुलाई मनोनयन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठन सम्बन्धी व्यवस्था छ । सो प्रावधान अनुसार काँग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पुर्याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ ।

यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीको व्यवस्था छ । यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ ।रासस

Skip This
Skip This
Logo