प्रविधिको दुरुपयोग नियन्त्रणका लागि कानून पर्याप्त छैन -मन्त्री शर्मा

प्रविधिको दुरुपयोग नियन्त्रणका लागि कानून पर्याप्त छैन -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव रहेको बताएकी छन् । 

महिला सुरक्षा दबाब समूहद्वारा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नियमन गर्ने कानूनको अभावमा प्रविधिको दुरुपयोग रोक्न चुनौति रहेको बताएकी हुन् । उनले भनिन्, “नेपालमा  संसारमा बनेका सबै प्रविधि प्रयोग हुन्छन् तर त्यसको नियमन गर्ने कानून छैन ।”

आवश्यक नीति निर्माणका लागि मन्त्रालय लागिपरेको जानकारी दिँदै उनले भनिन्, “हामीले अहिले साईबर अपराध नियमनसम्बन्धी नीतिबारे मन्त्रालयमा छलफल गरिरहेका छौँ ।”

मन्त्री शर्माले प्रविधिको पहुँचसँगै दुरुपयोग बढ्दा महिला हिंसासमेत बढेको भन्दै सचेत रहन आग्रह गरिन् । उनले प्रविधिको निर्माणमा महिलाको सहभागिता हुन सकेमा मात्र प्रविधिलाई महिलामैत्री बनाउन सकिनेमा जोड दिइन् ।

“हामी प्रविधि प्रयोग गर्छौँ तर त्यससम्बन्धी शिक्षा सबैलाई छैन । प्रविधिको दुरुपयोगले महिला हिंसा बढ्न नदिन डिजिटल शिक्षासम्बन्धी कार्यक्रमलाई व्यवहारिक बनाउन आवश्यक छ”, उनले भनिन् ।

Skip This
Skip This
Logo