सत्ता गठबन्धनका विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको लागि २७ क्याम्पसमा भागवण्डा गरेका छन्।
कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादीको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियूबीच काठमाडौँ उपत्यकाका २२ आङ्गिक र ५ सामुदायिक क्याम्पसमा भागबन्डा गर्ने सहमति भएकाे हो ।
स्रोतका अनुसार नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि), त्रिचन्द्र क्याम्पस, शंखरदेव क्याम्पस, पब्लिकयुथ क्याम्पस, पद्यमकन्या क्याम्पस, पशुपति क्याम्पस, विश्वभाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, जनप्रशासन क्याम्पस र चिकित्सा शास्त्र क्याम्पस महाराजगन्ज र नर्सिङ क्याम्पस महाराजगन्ज लिने प्रारम्भिक समझदारी छ ।
त्यस्तै, अखिल क्रान्तिकारीले अस्कल क्याम्पस, नेपाल ल क्याम्पस, पुलचोक क्याम्पस, थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ क्याम्पस, सानोथिमी क्याम्पस, एनसीसी क्याम्पस, एनआर क्याम्पस र ललितकला क्याम्पस लिने गरी सहमति भएको छ । साथै अनेरास्ववियूलाई आरआर क्याम्पस, ताचाल क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र काठमाडौँ शिक्षा क्याम्पस गरी ४ वटा क्याम्पसको स्ववियु सभापति दिने सहमति भएको छ ।
स्ववियु निर्वाचन चैत्र ५ गते हुने तय भएको छ।































प्रतिक्रिया