जसपाकी उपराष्ट्रपति उम्मेदवार प्रमिला भन्छिन्- को आधिकारीक भोली थाहा हुन्छ

जसपाकी उपराष्ट्रपति उम्मेदवार प्रमिला भन्छिन्- को आधिकारीक भोली थाहा हुन्छ

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार(भोली) थाहा हुने बताएकी छन् । 

शनिवार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार यादवले  जनता समाजवादी पार्टीको तर्फबाट दुईजनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आईतवार(भोलि) थाहा हुने बताएकी हुन् । उनले आफुले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नको लागि उम्मेदवारी दिएको बताइन् । 

आफ्नो पार्टीको दुईजनाको उम्मेदवारी परेपनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उनको भनाई छ । 
 
उम्मेदवार यादवले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्नेमा विश्वास व्यक्त गरे । 

Logo