एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।

सोमबार संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा नियुक्ति दिएका हुन् । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उनी एमाले संसदीय दलको उपनेता थिए । 

नेम्वाङ हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए । 

यसअघि एमालेले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेक महेश बर्तौलालाई नियुक्त गरिसकेको छ । 

Logo