‘नागरिकको उद्दारमा भएको अनियमितता नालायकीपनको पराकाष्ठा’ : डा. प्रकाश शरण महत

‘नागरिकको उद्दारमा भएको अनियमितता नालायकीपनको पराकाष्ठा’ : डा. प्रकाश शरण महत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सम्बद्ध संघ संस्था र पदाधिकारीहरुसँग छलफल गरेको छ ।

नेपाली काँग्रेस कोरोना अनुगमन समितिले उडानसँग सम्बद्ध संघ संस्था र पदाधिकारीहरुसँग बुधबार राजधानीमा “उड्ययन क्षेत्रमा कोरोनाको असर र समाधान” बिषयक छलफल कार्यक्रम गरेको हो । उक्त छलफलमा स्वास्थ्य सुरक्षा सम्बन्धि विशेष सावधानी अपनाएर सर्वसुलभ तवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका गतिविधीहरु सञ्चालन गर्न सरकारलाई दबाब दिने निर्णय भएको छ ।

उक्त छलफलमा बोल्दै कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टी सहमहामन्त्री डा. प्रकाश शरण महतले सरकारले उड्ययन क्षेत्रलाई सहज र सर्वसुलभ बनाउन ध्यान पुर्याउन नसकेको बताए । सरकारले नागरिकहरुको उद्दार गर्ने नाममा अत्याधिक महँगो शुल्क लिएको देखिएको बताउँदै नियमित उडानका सन्दर्भमा समेत भईरहेका कमि कमजोरीलाई सुधार्नु पर्ने आवश्यकता रहेको औंल्याए । महतले कोरोना महामारीका कारण बिदेशमा समस्यामा परेका नागरिकको सहज उद्दार गर्न सरकारले नसकेको मात्र नभई महामारीमा समेत विभिन्न अनियमितताका घटनाले सरकारको निकम्मापन झल्किएको बताए ।

नियमित उडान सुरु गर्ने बिषयमा पनि सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि पर्याप्त तयारि नगरेको र उडान अनुमतिमा समेत पक्षपात गरेका कारण कम उडान हुने जसका कारण जनता महँगो शुल्क तिर्न बाध्य हुनु परेको अवस्थाका बारे सहभागीहरुले कोरोना अनुगमन समितिलाई जानकारी गराउनुका साथै त्यो परिस्थिति अन्त्य गर्नका लागि आवश्यक पहल गरिदिन समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एनपी साउद, डा.चन्द्र भण्डारी, राजिव बिक्रम शाह, डा.प्रभु बुढाथोकी र विभिन्न हवाई एजेन्सीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Skip This
Skip This
Logo