नमूना संसदमा राष्ट्रिय सभा बैठक गरि विरोध

नमूना संसदमा राष्ट्रिय सभा बैठक गरि विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा विघटनको विरोधमा नमूना संसदमा राष्ट्रिय सभाको बैठक गरि विरोध जनाईएको छ ।

बुधबार काठमाडौँमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधिसभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरुले प्रतिनिधिसभा विघटन अस‌ंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए । संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमूना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताए ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सहभागीहरुको भनाइ थियो ।

Logo