मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित

मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।

उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३ )गर्ने भनिएको स्ववियुको निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो।

बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्व विद्यालयका रजिष्ट्रार प्रा. डा. नारयणप्रसाद पौडेले जानकारी दिए।

यस्तै, मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुन पनि आदेश जारी गरेको छ।

यस्तै, विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पसको सँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।

साथै विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्नका लागि सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघ संगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिती निर्धारण गरि निर्वाचन गर्ने निर्णय समेत गरेको छ।

१० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेश र ७ वटा कर्णाली प्रदेशमा पर्दछन्।

Skip This
Skip This
Logo