बेपत्ता छानबिन र सत्य निरूपणसम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेस

बेपत्ता छानबिन र सत्य निरूपणसम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेस

केन्द्रबिन्दु
0
Shares

सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रतिनिधि सभामा पेस गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संशोधन विधेयक प्रस्तुत गरेकी हुन् । 

बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोध बहुमतले अस्वीकृत भएपछि मन्त्री शर्माले संसदमा पेश गरेकी हुन्।

सो क्रममा मन्त्री शर्माले सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकारको गम्भीर उल्लंघन गर्ने व्यक्तिले छुट नपाउने व्यवस्थासहितको विधेयक सरकारले ल्याएको बताएकी छिन् । यो शान्ति प्रक्रियाको अन्तिम चरणको काम भएको उनले बताइन् ।

Skip This
Skip This
Logo