जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्ट ट्रयाकमा पास गर्नुपर्ने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले सो विधेयकलाई समितिमा नलगि संसदभित्र छलफल गरी फास्ट ट्रयाकमा पास गर्नुपर्ने बताएका हुन् । उनले यसलाई पास गर्न निकै ढिलो भएको भन्दै अझै ढिलो गरेमा दुर्घटना हुने बताए ।
उनले भने, ‘यसलाई फास्टट्रयाकमा नै लानुपर्छ । समितिमा जानुपर्दैन । संसदभित्र नै छलफल गरेर, संसदभित्र बाट नै फाष्टट्रयाकमा पास गर्नुपर्छ । ढिलो ग-यो भने दुर्घटना हुन्छ । त्यसकारण यसलाई चाँडै सकाउनुपर्छ र संसद भित्र नै छलफल गरेर टुंग्याउनुपर्छ ।’
सांसद यादवले गठबन्धनभित्र संघ र प्रदेश सरकारको भागबन्डाका साथसाथै संवैधानिक पदहरुमा नियुक्तिको विषय पनि प्याकेजमा टुग्यांउनुपर्ने बताए ।































प्रतिक्रिया