प्रधानमन्त्रीप्रति अध्यक्ष लिङदेनको कटाक्षः नयाँ गाडी चलाउन दिँदा पुरानोमै फर्किनुभयो

प्रधानमन्त्रीप्रति अध्यक्ष लिङदेनको कटाक्षः नयाँ गाडी चलाउन दिँदा पुरानोमै फर्किनुभयो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो व्यंग्य गरेका हुन् । उनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताए । 

उनले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताए । हाइड्रोजन गाडी दिँदादिँदै प्रधानमन्त्री थोत्रा गाडीमा फर्किएको उनको तर्क थियो । 
 
अध्यक्ष लिङदेनले राप्रपाले विश्वासको मत नदिने पनि बताए । 

Logo