जसपाकी मन्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित

जसपाकी मन्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपालकी मन्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।  

सोमबार निर्वाचन आयोगले बन्दसूचीको क्रम ५३, महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकताक्रम २ मा रहेकी शर्मालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो । जसपाकी समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि रिक्त रहेको सो पदमा अन्सारीलाई नियुक्त गर्न आयोगलाई सिफारिस गरेको थियो । 

अब निर्वाचित शर्माको नामावली राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। 

आयोगको पत्र-

Logo