प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक पाए विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका छन् भने ८९ सांसदले प्रस्तावको विपक्षमा मत दिए । साथै २६२ सांसदले भाग लिएकाे मतदानमा १ जनाले भने मत दिएनन् ।

प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए ।
 
तर, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टी तटस्थ बस्याे ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि नेकपा (एमाले) सहितका राजनीतिक दलको प्रस्ताव र समर्थनमा उनले ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । 

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

Skip This
Skip This
Logo