राहदानी विवादः रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

राहदानी विवादः रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

केन्द्रबिन्दु
0
Shares

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध राहदानी ऐन विपरीतको कसूरमा मुद्दा चलाउन नसकिने निर्णय गरेका हुन् । आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सो निर्णय गरिएको हो । 

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो। सो प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको थियो।  

अमेरिकी नागरिकता लिएपछि स्वतः कायम नरहेको नेपाली नागरिकता प्रयोग गरेर उम्मेदवार बनेको भन्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । तर, सरकारी वकिलको कार्यालय काठमाडौंले ‘अमेरिकी नागरिकता र राहदानी नत्यागी नेपाली राहदानी लिएको देखिए पनि उनीबाट त्यसको दुरुपयोग नभएको’ ठहर गर्दै प्रतिवेदन बुझाएपछि महान्यायाधिवक्ताको कार्यालयले सफाई दिएकाे हाे । 

Skip This
Skip This
Logo