सरकारलाई पूर्णता दिन आजदेखि दलहरूले छलफल सुरु गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् । उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग आज बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।
उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने बताएका थिए । नेपाली कांग्रेसले सरकारमा जाने बताइसकेको छ ।





























प्रतिक्रिया