काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत सदस्य सहभागि भएको स्थायी कमिटी बैठक सकिएको छ। मंगलबार एकतर्फी रुपमा सञ्चालन गरिएको बैठक सकिएको हो । आजको बैठक सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । २९ जना स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्य उपस्थित भएको बैठकले एकतर्फी रुपमा आज बिहानका लागि तय भएको बैठक स्थगित गर्ने ओली पक्षको निर्णय विधि सम्मत नभएको ठहर गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । त्यस्तै बैठकले स्थायी कमिटीको अर्को बैठकका लागि मिति तय गर्न ओलीसँग प्रचण्डले छलफल गर्नुपर्ने निर्णय समेत गरेको छ ।
मंगलबार बिहान ११ बजे बस्नेगरी तय भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले अनिश्चितकालका लागि स्थगित गराएका थिए । पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले एकलौटी रुपमा स्थायी कमिटीको बैठक सञ्चालन गरेका छन् ।





























प्रतिक्रिया