त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनीत भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनीत गरेका हुन्।

नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरी वडैलालाई जिम्मेवारी दिइएको उनले बताए।

वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पुरा गर्ने बताएका छन्। उनले भने,‘मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ। म सधैँ त्रिविमा संगठन निर्माणमा क्रियाशील थिए। यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरित गरेको छ ।’ 

Skip This
Skip This
Logo