निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताएकी छन् ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त तुलाधरले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताएकी हुन् । उनले निर्वाचनका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना कामहरु गरिरहेको स्पष्ट पारिन् ।
उनले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानून बनाउन आवश्यक रहेको बताइन् । उनले साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुनसक्ने सम्भावित हस्तक्षेप रोक्न कानून र प्रविधिको अभाव रहेको बताइन् ।
अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको आयुक्त तुलाधरले उल्लेख गरिन् । उनले द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभइ अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताइन् ।
निर्वाचन आयुक्त तुलाधरले सामाजिक सञ्जालको सही सदुपयोग गरी जनस्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।





























प्रतिक्रिया