नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने गृहकार्यका लागि अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।
मंगलबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाललाई समेटेर कार्यदल गठन गरेको हो । अब उक्त कार्यदलले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्नेछ ।
साथै बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।





























प्रतिक्रिया