नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दावी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । तर, कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उनीमाथि त्यसको जस नदिएर अन्याय गरेको महामन्त्री थापाको बुझाई थियो ।
‘हामीले गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेट गर्ने गरेका छौं । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावमा टेकेका छौं ।’ उनले भने ।
महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराए ।
‘आज प्रत्येक मान्छे मुलुकको अवस्था देखेर आत्तिएको छ । खासगरी तन्नेरीहरु आत्तिएका छन । ठाउँ छोडेर जान चाहिरहेका छन । मान्छेले नेपालमा बसेर गल्ती पो ग¥यौ कि भन्न थालेका छन ।’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको आन्दोलन २०६० सालतिर बरु हामी मान्छेहरुलाई आशावादी बनाउन सकिरहेका थियौं । तर आज हाम्रो सरकार छ । भरेभोली हाम्रो साथीहरु गएर केन्द्रदेखि वडासम्म हाम्रो सरकार छ । ३ सय भन्दा बढि ठाउँमा हाम्रो स्थानीय सरकार छ । अझ गठबन्धन जोड्यौँ भने त सरकारनै सरकार हाम्रो छ । अव हामीले कसैलाई दोष दिन पाउँदैनौं ।’































प्रतिक्रिया