जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी  (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक बालकुमारीस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।  

बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन । 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखी राजनीतिक दल दर्ताका लागि  आव्हान गरेको छ । 

Logo