अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया

अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई राहत दिने प्रक्रिया अघि बढाएको छ ।

गृह मन्त्रालयले बुधबारदेखि अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिने प्रक्रिया अघि बढाएको हो ।

मन्त्रिपरिषदको गत सोमबारको बैठकले माओवादीका अयोग्य लडाकुहरुलाई कार्यविधि बनाएर राहत दिने निर्णय गरेको थियो । कार्यविधि बनाउने प्रक्रिया बुधबारदेखि सुरु हुने गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले बताएका छन् ।

गृहसचिव सिंहले भने,‘बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ।’  

सचिव सिंहका अनुसार सकेसम्म चालू आर्थिक वर्षदेखि नै राहत वितरण गरिनेछ र वितरणको काम चरणबद्ध रुपमा गरिने छ। राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालय मार्फत हुने छ।

Skip This
Skip This
Logo