‘यो वा त्यो बहानामा व्यक्तिगत फोन टयाप गर्न पाइँदैन’ -शेखर कोइराला

‘यो वा त्यो बहानामा व्यक्तिगत फोन टयाप गर्न पाइँदैन’ -शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ब्यक्तिगत फोन ट्याप गर्ने बुँदा उल्लेख भएर आउन लागेको कानुनप्रति आपत्ति जनाएका छन् । 

नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागेपछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् । ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’ 

राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन नेता कोइरालाले आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo