लोसपाद्वारा बैठक आह्वान, यस्ता छन् छलफलका एजेण्डा

लोसपाद्वारा बैठक आह्वान, यस्ता छन् छलफलका एजेण्डा

केन्द्रबिन्दु
0
Shares

 आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ ।

भोलि बिहीबार बस्ने उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने पार्टीका कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए । 

लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको भए पनि सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भएमा लोसपाले उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ । 

लोसपाले सरकारमा सहभागी हुने तयारीसमेत गरिरहेको र उक्त विषयमा पनि भोलिको बैठकमा छलफल हुने बताइएको छ । 

Skip This
Skip This
Logo