राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकासँग आग्रह गरेकी छन् ।
आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद बेलवासेले यस्तो माग गरेकी हुन् । उनले देशभर नै अहिले मिटरब्याज पीडितहरुको समस्या बढ्दै गइरहेकाले यसमा सरकारले गम्भीर बन्नुपर्ने बताइन् ।
सांसद बेलवासेले हरेक तहमा मिटरब्याजी पीडितहरुले समस्याको उठान गरेपनि समस्या समाधान हुन नसकेको बताइन् ।
प्रतिक्रिया