पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ।

कोशी प्रदेश नामकरणको विरोधमा ५ चैतमा विराटनगरमा भएको  विरोध  प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो ।

प्रदेश सरकारले लिम्बुको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकलाई श्रदाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको छ।

Skip This
Skip This
Logo