देश सोचेभन्दा फरक अवस्थामा छ, जहाँ छोयो त्यहीँ फाट्छ -मन्त्री किराँती

देश सोचेभन्दा फरक अवस्थामा छ, जहाँ छोयो त्यहीँ फाट्छ -मन्त्री किराँती

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक अवस्थामा रहेको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित ६२औं रंगमञ्च दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए । १० वर्ष सांस्द भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको उनले बताए । 

उनले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताए । उनले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताए । 

मन्त्री किराँतीले नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरुको स्थान नहुँदा पछि परिरहेको बताए । उनले बेरोजगार भएर मात्रै विद्यार्थीहरु विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको बताए । उनले विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उल्लेख गरे । 

मन्त्री किराँतीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताए । 

Logo