भागबन्डा पेचिलो बनिरहेका बेला प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा

भागबन्डा पेचिलो बनिरहेका बेला प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । 

अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला  प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।

सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ ।

एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् ।  अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । 

Skip This
Skip This
Logo