प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।
अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।
सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ ।
एकीकृत समाजवादीले गृहको दाबी गरे पनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताएका छन् । अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रतिक्रिया