जनतासँग गरिएका सङ्कल्प बिर्सनु हुँदैन- सभापति शर्मा

जनतासँग गरिएका सङ्कल्प बिर्सनु हुँदैन- सभापति शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताएका छन् ।   

नेपाली काँगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उनले प्रदेश तथा सङ्घको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बनेको जनाउँदै उनले जनताबीच गरिएका प्रतिबद्धतालाई बिर्सन नहुने बताएका हुन् ।  

 उनले  भने , “हामीले जनतासँग एउटा सङ्कल्प गरेका छौँ, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ । हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ  । ” अब पाँच वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्ने गरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउने उनले बताए  ।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाली काँग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने वातावरण बनेको बताए।

काँग्रेसको नेतृत्वमा सरकार बने पनि मन्त्रालयको सङ्ख्या नबढ्ने बताउँदै उाले जनताबाट जश पाउने गरी काम गर्ने विश्वास व्यक्त गरेका छन् ।  पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रम गर्दा नजुध्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उनले यसबाट पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने बताए । 

Skip This
Skip This
Logo