मिटर ब्याज पीडितलाई भेट्न पुगेका ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

मिटर ब्याज पीडितलाई भेट्न पुगेका ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

केन्द्रबिन्दु
0
Shares

बिहान टंगालमा धर्ना बसेका मिटर ब्याज पीडितहरू भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर  फेरि धर्नामा बसेका छन्। उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका छन् ।

मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् ।
ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका छन् ।

मिटर ब्याज पीडितले उनको कुरै नसुनेर  उनीबिरुद्ध चर्को नाराबाजी गरेका छन् ।आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए । 

Logo