नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि काँग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् ।
उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए । उनले भने, ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’





























प्रतिक्रिया