मिटरब्याज सामाजिक अपराध पनि हाे -प्रदीप पौडेल

मिटरब्याज सामाजिक अपराध पनि हाे -प्रदीप पौडेल

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मिटरब्याज आर्थिक अपराधमात्रै नभइ सामाजिक अपराध पनि भएको बताएका छन् । 

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले मिटरब्याजीहरुले कानूनी राज्यको उपहास गरिरहेको भन्दै त्यस्तो क्रियाकलाप स्वीकार्य नहुने बताए ।

उनले भने– ‘मिटरव्याज आर्थिक अपराध मात्र होइन यो विषय सामाजिक अपराध हो । पहिलो त यो सरासर कानून उल्लंघन गरेर आम विपन्न जनताको अभाव र कानूनी ज्ञानको पहुँचबिहीनतालाई दुरुपयोग गरेर न्युनतम पनि ३ गुणा बढीको तमसुक गराइ किसानलाई उसको भूमिदेखि नै बेदख्खल गर्ने कार्य स्वतः कानूनी राज्यको उपहास हो । यो कुनैपनि न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन ।’ 

सांसद पौडेलले मिटरब्याज अन्य सामाजिक अपराधको समेत कारण बनेको भन्दै यो समस्यालाई समाधान गर्नुपर्ने बताए । 

Logo