प्रतिनिधिसभा बैठकको शून्य समयमा कुन सांसदले के बोले ?

प्रतिनिधिसभा बैठकको शून्य समयमा कुन सांसदले के बोले ?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन् । 

बुधवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताएका हुन् । उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए । उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताए । 

उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे । 

प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले नुवाकोटको मेकाङ भन्ने ठाउँमा राष्ट्रिय तामाङ संग्रहालय बनाउन माग गरे । 

प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीले देशमा व्यापारीहरुलाई व्यापार घाटा भइरहेको बेलामा बैंकहरुले भने मुनाफा कमाइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

प्रतिनिधि सभा सदस्य असिम शाहले एक महिनादेखि मन्त्रालयहरु मन्त्रि विहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नेताहरुले गरिरहेको भागबन्डालाई जनताले नियालीरहेको उल्लेख गरे । त्यस्तै उनले १ मिनेट शुन्य समय अपुग भएको भन्दै शुन्य समयलाई २ मिनेट पु-याउन माग गरे । 

साथै प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सरकारले बुढीगण्डकी जलविद्युत आयोजनामा ठूलो रकम रकमान्तर गरेर योजनालाई नै अन्योलतर्फ धकेल्ने काम गरेको बताए । उनले सरकारले आयोजनालाई असफल बनाउन लागेको आरोप लगाए । उनले रकमान्तर फिर्ता गर्न अनुरोध गरे । 

प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले सामुदायिक विद्यालयमा दिइदै आएको खाजा भत्ता वृद्धि गर्न माग गरे । 

प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले राजनीतिक दलहरुका बिचमा सहमती भइसकेका विषयहरुलाई समेटेर नेपाली बाबुआमा बाट जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्ने बताए । 

Skip This
Skip This
Logo