नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग

नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले वीरगंजस्थित नारायणी अस्पतालमा जनशक्ति थप गर्न सरकारसँग माग गरेका छन् । 

सो अस्पतालमा विरामीको चाप बढेकाले चिकित्सकसहितको थप जनशक्तिको पनि सरकारले तत्काल व्यवस्था गर्नुपर्ने सांसद यादवको भनाई थियो । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सो अस्पतालका लागि आवश्यक उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

उनले नारायणी रंगशालाको जिर्णोदारको लागि बजेटको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । 

सांसद यादवले मधेश प्रदेशको नमूना रंगशालाको रुपमा रहेको सो रंगशाला खेल खेल्न नमिल्ने अवस्थामा पुग्दा पनि सरकारले ध्यान नदिएको गुनासो समेत गरे । 

Logo