काठमाडौं । वन मन्त्री शक्तिबहादुर बस्नेतले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले आपत्ति जनाएका छन् । नेता गुरुङले सोमबार ट्वीट गर्दै मन्त्री बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । साथै, नेता गुरुङले खर स्याउलाले छाएको झुपडीलाई सिंहदरबारबाट गोठ देख्छ र भन्दै प्रश्न समेत गरेका छन् ।
‘खर र स्याउलाले छाएको झुपडीलाई सिंहदरवारबाट गोठ देख्छ र ? तिम्रो अलिशान महलको बसाईप्रति कुनै गुनासो छैन’–उनले ट्वीटरमा लेखेका छन्–‘तर खर र स्याउलाले छाएको गरीब सुकुम्बासीको प्यारो घर (झुपडी) लाई गोठ देख्ने घृणाले भरिएको सामन्ती नजरप्रति घोर आपत्ति छ । सुकुम्बासी चेपाङहरुको बास उठाएसँगै अपमान पनि ? ।’

आइतबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री बस्नेतले चितवनको चेपाङ बस्तीमा एउटा गोठ र गुन्द्री मात्र जलेको बताएका थिए । बस्तीमै आगो लगाएको भन्दै समाचार विवरणहरु सार्वजनिक भएपनि वास्तविकता त्यस्तो नभएको उनको दाबी थियो ।





























प्रतिक्रिया