राप्रपा अब कहिल्यै नफुट्ने अध्यक्ष थापाको दाबी

राप्रपा अब कहिल्यै नफुट्ने अध्यक्ष थापाको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले (राप्रपा) अब कहिल्यै विभाजित नहुने बताएका छन् । अध्यक्ष थापाले सोमबार ट्वीट गर्दै देशको वैकल्पिक पार्टीको रुपमा उदाउदो राप्रपा अब कहिल्यै विभाजित नहुने बताएका हुन् । राष्ट्रवादी सम्वर्धनवादको वैकल्पिक दर्शन बोकेर अगाडि बढेको राप्रपाको एकता सुदृण भएको उनको भनाइ छ । ‘राष्ट्रवादी सम्वर्धनवादको वैकल्पिक दर्शन बोकेर खडाभएको राप्रपाको एकता सुदृढ छ’–उनले ट्वीटमा लेखेका छन्–‘देशमा भरपर्दो र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापित गर्ने उदेश्यका साथ एकताबद्ध भएको राप्रपा अब कहिल्यै विभाजित हुनेछैन ।
त्यस्तै अध्यक्ष थापाले थपेका छन्–‘राप्रपाको संकल्प । ‘‘सर्वसत्तावाद, धर्मपरिवर्तन र भ्रष्टाचार” मुक्त सम्बृद्ध नेपाल ।’

Logo