जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो। सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन गइरहेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यहाँबाट उम्मेदवारी दिने लगभग निश्चित भएको छ । अध्यक्ष यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।
हिजो बारा २ को जसपा क्षेत्रीय भेलाले जिल्ला समितिलाई पठाएको थियो। जिल्ला समितिले पनि हिजै प्रदेश समितिलाई समितिलाई पठाइसकेको छ । आज त्यसमा छलफलका लागि मधेस प्रदेश समितिको बैठक बस्दैछ।





























प्रतिक्रिया