मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस्ः सांसद भट्ट

मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस्ः सांसद भट्ट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिएकी छन् । 

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भिर नभएको बताएकी हुन् । उनले सरकार गम्भिर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको बताइन् । 

उनले पीडितको आवाज नसुनि प्रधानमन्त्री भने दैनिक झिनामसिना कार्यक्रमहरुको उद्घाटन र भाषणमै दिन बिताइरहेको बताइन् । उनले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गरिन् । 

राष्ट्रिय सभा सदस्य भट्टले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गरिन् । उनले बिरोध गर्नेहरुको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनि प्रश्न समेत गरिन् । 

उनले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । 

Logo