प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। हिजो नै हुने भनिएको मन्त्रिपरिषद् विस्तार काँग्रेसले मन्त्रीको नाम दिन नसकेपछि आजका लागि सरेको हो ।
आज दलहरूले आआफ्नो दलको तर्फबाट सरकारमा ककसलाई पठाउने सूची बुझाउनेछन् । बिहान ११ बजेसम्म दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ ।
परराष्ट्र मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा काँग्रेसले निर्णय गर्न सकेको छैन । काँग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा पठाउने चर्चा काँग्रेसमा छ ।
काँग्रेसका उच्च स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले मन्त्री पठाउनेमध्ये पूर्णबहादुर खड्का वा रमेश रिजालमध्ये कसलाई परराष्ट्रमन्त्री बनाउने भन्ने विषयमा निर्णय लिन सकेका छैनन् । काँग्रेसले प्रकाशरण महतलाई अर्थमन्त्री बनाउने निश्चित भइसकेको छ । अन्य मन्त्रालयको विषयमा भने देउवामात्र जानकार भएको स्रोतको भनाइ छ ।





























प्रतिक्रिया