नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन् ।
आज बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको एउटा जिम्मेवार सदस्यले पालना गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले पार्टी सदस्यको कर्तव्य पालना गर्नु भएको छैन ।
उहाँले पार्टीको निर्णय पालना गरेर चल्नु भएको छैन । पार्टीको निर्णयको खिलाफ सार्वजनिक रुपमा बोल्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि गरिरहनुभएको छ ।’ रावलले पार्टी अनुशासन पालना नगरेर गल्ती गरेको पौडेलको भनाइ छ ।































प्रतिक्रिया