‘सहमति नजिक’ सरकार र मिटरब्याज पीडितको वार्ता

‘सहमति नजिक’ सरकार र मिटरब्याज पीडितको वार्ता

केन्द्रबिन्दु
0
Shares

सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको छ। शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका  सदस्य संघर्ष दाहालले बताए ।

मिटरब्याज पीडितको तर्फबाट वार्तामा सहभागी दाहालका अनुसार पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि प्रत्येक जिल्लामा अलग्गै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भएकाे बताए । 

उनका अनुसार मिटरब्याज समस्याका कारण हिजोको दिनमा देखापरेका समस्याहरु समाधान कसरी गर्न सकिन्छ भन्नेमा वार्ता केन्द्रित रहेकाे छ ।

Skip This
Skip This
Logo