खड्काकाे प्रष्टिकरणः मन्त्री पाे बन्दिनँ भनेको थिएँ, उपप्रधानमन्त्री बन्दिनँ कहाँ भनेँ ?

खड्काकाे प्रष्टिकरणः मन्त्री पाे बन्दिनँ भनेको थिएँ, उपप्रधानमन्त्री बन्दिनँ कहाँ भनेँ ?

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले कहिल्यै उपप्रधानमन्त्री बन्दिनँ भनेर नभनेको बताएका छन् । 

केही समयअघि मन्त्री नबन्ने घोषणा गरेका खड्का शुक्रबार मात्र उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यसैबीच शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै आफूले मन्त्री नबन्ने घोषणा गरेको तर उपप्रधानमन्त्री बन्दिनँ भनेर नभनेको प्रष्ट्याएका हुन् । 

आफूले मन्त्री मात्रै पाएको भए नबन्ने उनको भनाई थियो । ‘अहिले सामाजिक संजालमा मन्त्री खान्न भन्नुभयो तर मन्त्री बन्नुभयो भनेर आइरहेको छ ।‍ मैले उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भनेको हो। यदि उपप्रधानन्त्री बिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ। त्यसैले कुनै पनि टिप्पणी गर्नु आवश्यक छैन ।’ मन्त्री खड्काले भने ।

सात वर्षअघि आफूलाई आफ्नो चेतनाले पटक–पटक मन्त्री भइसकेपछि फेरि मन्त्री बन्ने र लालसा देखाउनुहुँदैन भन्ने निष्कर्षमा पुर्‍याएको मन्त्री खड्काको भनाइ थियो।

Skip This
Skip This
Logo