मिटरब्याज पीडितको समस्या समाधानका लागि एमालेद्वारा सरकारको गम्भिर ध्यानाकर्षण

मिटरब्याज पीडितको समस्या समाधानका लागि एमालेद्वारा सरकारको गम्भिर ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि ठोस, सार्थक र शिघ्र पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । 

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकले सो ध्यानाकर्षण गराएको हो । साथै मिटर ब्याज असुल गर्ने कामलाई अपराध ठह-याउने गरी कानुनी व्यवस्था गर्न र त्यस्ता अपराध कर्ममा लागेकाहरुलाई तत्काल कडा कानुनी कारबाही गर्न पनि बैठकले सरकारसँग माग गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

‘मिटरब्याजबाट पीडितहरु काठमाडौंमा आई धर्नामा बसेको र उनीहरु शारिरीक तथा मानसिक पीडाका कारण विरामी पर्दै गएको स्थितिप्रति नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ । मुलुकको प्रचलित कानुन र वित्तिय प्रणालीको मान्यता विपरित सर्वसाधारणलाई अप्ठ्यारोमा पारेर मिटर ब्याज असुल गर्नु गैरकानुनी हो । यस सन्दर्भमा सार्वजनिक भएका कतिपय घटनाहरु अमानवीय समेत छन् ।’ उनले भने, ‘मिटरब्याजकै पासोमा परेर कतिपय व्यक्तिहरुले घरजग्गा गुमाउनु परेको, कतिपयले मुद्दामामिला व्यहोर्नु परेको, कतिपय जेलमा परेको, कतिपयले घर छाडन बाध्य हुनु परेको र कतिपय बालबालिकाहरुले पढाईसमेत गुमाउनु परेको यथार्थले नेपालको संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख राज्य र सामाजिक न्यायको सिद्धान्तको उपहास गरिरहेको हाम्रो पार्टीको निष्कर्ष छ । लामो समयदेखि पीडितहरुले यस विषयमा गम्भिर ध्यानाकर्षण गर्दा पनि समस्या समाधानका लागि तत्काल ठोस कदम नचाल्नु सरकारको संवेदनाहिनताको परिचायक हो । हाम्रो पार्टी यस समस्याको समाधानका लागि ठोस, सार्थक र शिघ्र पहल गर्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछ ।’

Skip This
Skip This
Logo