अन्य पार्टीमा वडा सदस्यको टिकटलाई पनि पैसा दिनुपर्छ, रास्वपामा ढुक्कसँग पाएँ -स्वर्णिम वाग्ले

अन्य पार्टीमा वडा सदस्यको टिकटलाई पनि पैसा दिनुपर्छ, रास्वपामा ढुक्कसँग पाएँ -स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
0
Shares

अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । 

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता वाग्लेले यस्तो बताएका हुन् । उनले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए ।

उनले पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको बताए । उनले परम्परागत र पुराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको उनले बताए ।  

उनले भने, ‘अन्य परम्परागत पार्टी, पुराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ । अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १० औं करोडको डिले हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ । त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ । त्यो भनेको सुशासनको पहिलो खुड्किला हो ।’
 
डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे । उनले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको बताए । 

Skip This
Skip This
Logo