बारा -२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छः राजेन्द्र महतो

बारा -२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छः राजेन्द्र महतो

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् ।

गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने उनले जानकारी दिए । ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ 

आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदै छ । 

Logo