राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्वर्णिम वाग्लेले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
तनहुँ १ मा रास्वपाका तर्फबाट वाग्लेले मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने समर्थकमा रूपक विक घिमिरे छन् । मनोनयन दर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ पुगेका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् ।





























प्रतिक्रिया