काठमाडौँ महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि काठमाडौँ प्लाजाबाट सेवा दिने तयारी गरेको जनाएको छ ।
यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको र अरु विभाग पनि स्थानान्तरण गरी एकै ठाउँबाट सेवा दिने तयारी गरेको काठमाडौँ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । अहिले काठमाडौँ महानगरपालिकामा १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् ।
अहिले महानगरपालिकाले काठमाडौँ प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा विभाजनको काम भइरहेको र सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो ।





























प्रतिक्रिया