महासङ्घको चुनावकाे लागि अन्जन र संघईले गराए उम्मेदवारी दर्ता

महासङ्घको चुनावकाे लागि अन्जन र संघईले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा दुईजनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार अहिलेसम्म २ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी रहेकाे  छ ।

यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै आज अन्जन श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।महासङ्घको चुनाव यही चैत २८ र २९ मा काठमाडौँमा हुँदैछ । 

Logo