बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता

बालेन शाह र हर्क साम्पाङबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । 

धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै काठमाडौं आएकाे मेयर साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघासहितकाे टाेलीले मंगलबार मेयर बालेनलाई उनकै कार्यकक्षमा पुगेर भेटेका हुन् । केहीसमयअघि उनीहरुबीच सामाजिक सञ्जालमा घोचपेच पनि भएको थियो । तर, अहिले भने सम्बन्धमा सुधार आएको बुझ्न सकिन्छ । 

May be an image of 2 people and people standing

भेटमा रमाइलो कुराकानी भएको उल्लेख गर्दै मेयर साम्पाङले तस्विरहरु सार्वजनिक गरेका छन् । 

May be an image of 7 people and people standing

यसअघि मेयर साम्पाङले कोशी नदीबाट धरानमा खानेपानी झार्ने बजेट विनियोजनका लागि धरान उपमहानगरपालिकातर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएका थिए । साे क्रममा उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा धरानको खानेपानी योजनालाई समेटिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । 

Logo