जसपाको मासु भात खाए पनि जनताले हर्न छापमै भोट हाल्छन्- सिके राउत

जसपाको मासु भात खाए पनि जनताले हर्न छापमै भोट हाल्छन्- सिके राउत

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ मा आफ्नो दलको सङ्गठन बलियो नभए पनि जनताको मत प्राप्त गर्ने दाबी गरेका छन् ।

बारा निर्वाचन क्षेत्र नं २ मा बैशाख १० गते हुने उपनिर्वाचनको घरदैलो कार्यक्रममा बोल्दै राउतले सङ्गठन बलियो नभए पनि जनताको माया आफ्नो पार्टीमा रहेको बताए ।

बारा २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन जनता आफैँ सडकमा उत्रिएको राउतले बताए ।

अध्यक्ष राउतले भने,‘चुनावमा सङ्गठन बलियो होइन जनताको माया चाहिन्छ, सद्भाव चाहिन्छ,न्यायको पक्षमा हुनुपर्छ, सङ्गठन भनेर मासु र भात खुवाएर भोट खरिद गर्ने होइन,जसपाको मासु भात खाए पनि जनताले भोट हर्न छापमै हाल्छन्।’

Skip This
Skip This
Logo